मृत अवस्थामा पुरुषकाे शव फेला

लोकपथ
49
Shares

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ गिद्देभिर भन्ने जंगलमा मालारानी गाउँपालिका–२ मरेङ बस्ने ४५ वर्षीय बिष्णुबहादुर पाण्डे शनिबार मृत अवस्थामा फेला परेका छन् ।

गत सोमबार घरबाट निस्केका उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त जंगलमा उनको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी खिदिमबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?