पहिरो र बाढीले सडक अवरुद्ध

लोकपथ
63
Shares

काठमाडौं । सल्यान र उदयपुरमा पहिरो र बाढीका कारण सडक अवरुद्ध भएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलास्थित दाङ–सल्यान अन्तर्गतको राप्ती राजमार्गमा शनिबार साँझ सुख्खा पहिरो झर्दा बाटो पूर्ण रूपमा अवरोध भएको छ ।

त्यस्तै, उदयपुर, उदयपुरगढी गाउँपालिका–६ मदन भण्डारी लोकराजमार्गस्थित मबासे खोलामा आइतबार बिहान अविरल वर्षाको कारण आएको बाढीले सडक अवरोध भएको छ । घटनास्थल नजिकका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?