हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बिहानैदेखि प्रदेश १का थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ । यसतै पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।
महाशाखाले दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। यस्तै देशका धेरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै राति पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेश प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया