यती एयरलाइन्सको जहाजमा समस्या देखिएपछि उडेको ६ मिनेटमै अवतरण

लोकपथ
49
Shares

काठमाडौं । पोखराबाट काठमाडौंका लागि ४५ जना यात्रु बोेकेर उडेको यती एयरलाइन्सको जहाज उडेको ६ मिनेटमै अवतरण गरिएको छ । यती एयरलाइन्सको उक्त जहाजको इन्जिनमा खराबी आएपछि फर्काइएको हो ।

इन्जिनमा खराबीको संकेत देखिएपछि पोखराबाट काठमाडौंका लागि बिहान ८ः५४ बजे उडेको जहाज उडान भरेको ६ मिनेटमै पुनः पोखरा नै फर्काइएको छ । उडेको केहीबेरमै विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो ।

यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज पोखराबाट काठमाडौं उडेको थियो । जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले सुरक्षाका लागि जहाज पोखरा मै अवतरण गराएको बताइएको छ । विमानमा उडेलगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?