मुक्तिनाथ विकास बैंकद्वारा विश्व हिन्दु महासंघ संस्थालाई सहयोग

लोकपथ
49
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ । सोही योजना अनुसार बैंकले विश्व हिन्दु महासङ्घ जिल्ला शाखा, स्याङजाले प्रकाशन गर्ने “वैदिक सभ्यता”नामक गहन पुस्तक को प्रकाशनका लागि एक कार्यक्रमकाबिच आर्थिक सहयोग रकम ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट उप क्षेत्रीय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्ले, अन्य आधिकारिक सदस्यहरु, वालिङ नगरपालिकाका नगर उप-प्रमुख कविता तिवारी र विश्व हिन्दु महासङ्घ जिल्ला शाखा, स्याङजाका अध्यक्ष, उपाध्यक्ष लगायत सम्पुणर् कार्यसमितिहरु र अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट संस्थाले धर्म तथा संस्कृति संरक्षणका लागि गर्ने कार्यमा सहयोग पुग्ने बैंकको धारणा छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?