काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सिआईबीका अनुसार नुवाकोट, मेघाङ गाउपालिका वडा नं. ३ स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजु बस्दै आएका ३६ वर्षिय चन्द्र बहादुर सुनारलाई बैकिङ कसुरको अभियोगमा पक्राउ गरिएको हो ।
सुनारले प्राइम कमर्सियल बैंक लिमिटेडमा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा फैसला गर्दै निजलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा जम्मा एक दिन कैद र २४ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो ।
सो पश्चात फरार रहेका सुनारलाई सिआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले शनिबार बालाजुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज आइतबार ललितपुर जिल्ला अदालतमा बुझाएको सिआईबीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया