काठमाडाैं । पाल्पामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटनामा परेको हो।
दुर्घटनामा एक जनाको मृत्यु भएको र करिब १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
‘बस दुर्घटनाको खबर आएको छ । एक जनाको मृत्यु भएको भन्ने खबर छ । ३ जना गाडीमै च्यापिपएको भन्ने खबर छ । म घटनास्थलतर्फ जाँदै छु ।’ जिल्ला प्रहरी कार्यालयका पाल्पाका प्रहरी नायब उपरीक्षक डीएसपी विरेन्द्र थापाले लोकपथलाई जानकारी दिए ।
बस सडकबाट केडी तल खसेको बुझिएको छ । थप विवरण आउँन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया