प्रतिनिधि सभाको बुधवारको बैठकमा शून्य समयमा बोल्दै विभिन्न प्रतिनिधि सभा सदस्यहरुले आ–आफ्नो धारणा व्यक्त गरेका छन् । कसैले राजनीतिक कटाक्ष गरे भने कसैले आमउपभोक्ताको सहजताको विषयमा चर्चा गरे ।
डा. डिला संग्रौला पन्त
यसै क्रममा प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले वर्षा याममा हुने सवारी दुर्घटना कम हुनेगरी निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेकी छन् ।
पन्तले वर्षायामको शुरुवातदेखि दशैँ, तिहारसम्ममा धेरै सवारी दुर्घटना हुने भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले सवारी दुर्घटना न्यूनिकरणका लागि संघ वा प्रदेश सरकार कसको जिम्मेवारी हो भन्ने विषयलाइ स्पष्ट पार्न पनि आग्रह गरिन् ।दि
ल कुमारी
प्रतिनिधि सभा सदस्य दिल कुमारीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदबाट राजीनामा दिएर नेकपा(एमाले)को संगठन बनाउन लाग्न आग्रह गरिन् ।
गर्भनरतर्फ कटाक्ष गर्दै उनले भनिन्,‘राष्ट्रबैंकको गर्भनरले कानून र नैतिकताको प्रश्न उठ्ने बित्तिकै राजीनामा दिएर एमाले पार्टीका संगठन बनाउन सहयोग गरे राम्रो हुन्थ्यो ।’
दिव्यमणि राजभण्डारी
शून्य समयमा बोलेका अर्का सांसद दिव्यमणि राजभण्डारीले पेट्रोलियम पदार्थ र सवारी चालकको खर्च कटौती गरी सार्वजनिक यातायात प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
राजभण्डारीले बजारका नाफाखोरहरुलाई सरकारले नियन्त्रण लिनु आवश्यक रहेको भन्दै सरकारले चनाखो भई बजारमा नाफाखोरहरुलाई कन्ट्रोल गर्नु साझाव दिए ।
त्यस्तै उनले सबै सचेत जनताले खर्च कटौती गर्न अति आवश्यक रहेको बताउँदै सबैले सरल जीवन बिउन आग्रहसमेत गरे । उनले भने– ‘सार्वजनिक यातायात प्रयोग गरौँ । महंगो पेट्रोलियम पद्धार्थ र सवारी चालकको खर्च कटौती गरौँ ।’
दीपकप्रकाश भट्ट
गेटामा प्रस्तावित मेडिकल कलेज वा प्रतिष्ठानको कुरा नगरी सो पूर्वाधारमा राष्ट्रिय चिकित्सा विश्वविद्यालय स्थापना गर्न प्रतिनिधि सभा सदस्य दीपकप्रकाश भट्टले सरकारको ध्यानाकर्षण गराइएका छन् ।
शून्य समयमा बोल्दै भट्टले गेटामा प्रस्तावित भएको मेडिकल कलेज वा प्रतिष्ठानको कुरा नगरीकन त्यहाँ ८० बिगाहामा तयार रहेको पूर्वाधारमा अब राष्ट्रिय चिकित्सा विश्वविद्यालय स्थापनाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
पवित्रा निरौला खरेल
प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलले दूर दराजमा रहेका बिरामीहरुलाई उपचारका लागि सोही ठाउँमा आइसियु र भेन्टिलेटर सञ्चालन गराउन सरकारको ध्यानाकर्षण गराइन् ।
उनले दूर दराजमा रहेका बिरामीहरुलाई उपचारका लागि सोही ठाउँमै आइसियु र भेन्टिलेटर सञ्चालन गर्नका लागि यथाशिघ्र सञ्चालन गर्नका लागि सरकारको ध्यानाकर्षणसमेत गराएकी छन् ।
पार्वतीकुमारी विशुन्के
प्रतिनिधि सभा सदस्य पार्वतीकुमारी विशुन्केले न्यायलयको न्यायालयको न्याय सम्पादन गर्ने शैली पुरानो भएकाले न्यायमा जनताको पहुचँ पुग्न नसकेको बताइन् । उनले उच्च स्तरीय न्यायिक सुधार आयोग गठन गर्नसमेत माग गरेकी छन् ।
सांसद विशुन्खेले भनिन्– ‘अदालतको पुनःसंरचना अहिले पनि हुन सकेको छैन । गणतन्त्र आइसक्दा पनि पुरातन शैलीबाट न्यायलय चल्नु यो गणतन्त्रको उपहास भएन र ? संविधान पुनर्लेखन हुँदापनि न्यायलयले न्याय सम्पादन गर्ने शैली पुरानै भइराखे न त जनताको पहुँच न्यायमा पुग्नसक्छ, न त जनमुखि न्याय जनताले पाउन सक्छन् । यसको दिगो समाधान भनेकै संविधानको अविलम्ब कार्यान्वयन गर्न, स्वतन्त्र न्यायपालिका बनाउन र एउटा उच्च स्तरिय न्यायिक सुधार आयोग गठन गर्न अपरिहार्य देखिन्छ ।’
प्रकाश रसाईली स्नेही
प्रतिनिधि सभा सदस्य प्रकाश रसाईली स्नेहीले समाजमा पछि पारिएका समुदायलाई समयमै न्याय दिलाउनका लागि तत्काल उच्चस्तरिय न्यायिक सुधार आयोग गठन गर्नुपर्ने बताए । उनले भने–‘पहुँचयोग्य, स्वतन्त्र, निष्पक्ष, र नेपाली समाजको पिँधमा रहेका नेपाली समुदायहरुलाई पनि समयमै न्याय दिलाउनका निम्ति नेपाल सरकारले तत्कालै उच्चस्तरीय न्यायिक सुधार आयोग गठन गर्न जरुरी छ ।’
शुन्य समयमा बोल्ने अन्य सांसदहरुले समसामयिक विषय र आ–आफ्नो क्षेत्रमा देखा परेका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया