काठमाडाैं । सिभिल सेभिङ्स एन्ड क्रेडिट सहकारी संस्थाको घोटाला प्रकरणमा इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
अनुसन्धान सकेपछि पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरी गत मंसिर १७ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। १२ जनामा इच्छाराज तामाङकी श्रीमती सिर्जनालाई शाक्यकाे नाम भए पनि उनी अहिलेसम्म फरार रहेकी थिइन् ।
उनलाई मंगलबार रामशाह पथबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरी कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ। शाक्य संस्थामा लेखा समिति सदस्य थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया