काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले विभागीय जिम्मेवारी तोकेको छ । विभाग गठन गर्दै प्रमुख तथा सदस्य सचिबसमेत तोकेको हो ।
सोमबार पार्टी अध्यक्ष कमल थापाले विधानबमोजिम २९ वटा विभाग गठन गर्दै प्रमुख समेत तोकेका हुुन् । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा कमल थापा नै चयन भएका छन् भने अनुशासन आयोगमा राजीव पराजुली, प्रशिक्षण विभागमा सुशील श्रेष्ठ, संगठन विभागमा राजाराम बर्तौला चयन भएका छन् ।
त्यस्तै, केन्द्रीय समस्यसमेत रहेका अभिषेकलाई खेलकुद विभागको प्रमुख र सूचना तथा प्रविधि विभागमा लाक्पा तामाङलाई चयन गरिएको छ ।
विभाग प्रमुख कोको छन्? सूची हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया