काठमाडौं । अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय पुगेर पोखरेलले राजीनामा पत्र बुझाएर बाहिरिएका स्रोतले जनाएको छ ।
यद्यपी, पोखरेलको राजीनामा स्वीकृत हुन भने बाँकी छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने व्यवस्था रहेको छ ।
एआईजी सिंहलाई महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेपछि पोखरेल २०७९ वैशाखमा आइजीपी बढुवा बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । तर रिट दायर भएको साढे दुई महिनापछि पोखरेलले दायर गरेको रिट खारेज गरिएकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया