काठमाडौं । श्रावण महिना सुरु भएको छ । हिन्दु धर्ममा श्रावण महिनाको ठूलो महत्व छ । ज्योतिष शास्त्रका अनुसार पवित्र साउनमा भगवान भोलेनाथको पूजा गर्ने भक्तजनको सबै मनोकामना पूरा हुने गर्दछ ।
साउन महिनाको सोमबार पूर्ण विधिपूर्वक व्रत राख्दा भगवान शिव प्रसन्न हुन्छन् । यसपटक साउनमा ५ वटा सोमबार छन् । साउनको सोमबार अविवाहित युवतीका लागि विशेष मानिन्छ । साउनमा भगवान शिवको आराधना गर्नाले युवतीले मन परेको वर प्राप्त गर्ने जनाइएको छ ।
यो वस्तु भगवान शिवलाई अर्पण गर्नुहोस् :
यदि श्रावण महिनामा भगवान शिवको प्रेमपूर्वक पूजा गरिन्छ भने अवश्य तपाईको मनोकामना पूरा हुन्छ । साउन महिनामा भगवान शिवलाई धतुरा, बेलको पात, भांग, दूध, कालो तिल, सखर आदि चढाउनु शुभ मानिन्छ।
जानौं पूजा गर्ने विधि :
भगवान शिवलाई सरसफाई अति प्रिय लाग्छ त्यसैले सरसफाइमा विशेष ध्यान दिनुहोस्।
बिहान सबेरै उठ्ने, नुहाउने र सफा-चोखो लुगा लगाउने ।
घरको पूजा गर्ने सरसफाई गर्ने ।
भगवान शिवलाई जलले अभिषेक गर्नुहोस्।
यदि तपाईं घरमा पूजा गर्दै हुनुहुन्छ वा मन्दिर जाँदै हुनुहुन्छ भने शिवलिंगमा गंगाजल र दूध चढाउनुहोस्।
त्यसपछि शिवलिंगमा फूल चढाउनुहोस्, बेलको पात चढाउनुहोस् र चन्दन चढाएर आरती गर्नुहोस्।
श्रावण महिनामा भुलेर पनि नगर्नुहोस् यी काम !
- शरीरमा तेल लगाउनु हुँदैन
- काँसाको भाँडोमा खानु हुँदैन ।
- पूजाको समयमा शिवलिंगमा बेसार चढाउनु हुँदैन ।
- साउन महिनामा दिनमा सुत्नु हुँदैन ।
- साउन महिनामा भेन्टा खानु हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया