साउन १ देखि उपभोक्तालाई सहुलियतमा खानेपानी

लोकपथ
154
Shares

रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्तालाई खानेपानी महसुलमा सहुलियत दिने भएको छ ।

उपभोक्ताको हितलाई मध्यनजर गर्दै नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ । आठ युनिटसम्म प्रतियुनिट रु १७५ (न्यूनतम रकम), नौदेखि २० युनिटसम्म पानी उपभोग गर्ने उपभोक्ताले (न्यूनतम रकम रु १७५ सहित) रु ४० प्रतियुनिट, २१ युनिटभन्दा माथि पानी उपभोग गर्नेले (न्यूनतम रकम रु १७५ सहित) रु ६३ प्रतियुनिट पानीको मूल्य कायम गरिएको आयोजनाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताए ।

हालसम्म तीन हजार ७६४ घरधुरीले खानेपानी उपभोगका लागि नाम दर्ता गराएकामध्ये अहिले तीन हजार ३१० घरधुरीमा धारा जडान गरी पानी वितरण भइरहेको आयोजनाका व्यवस्थापक सन्तबहादुर सारुले बताए ।

रामपुर नगरपालिकाका उपभोक्तलाई शुद्ध, सफा र सहुलियत खानेपानी सुविधा घर–घरमा पु¥याउन वडा नं ४, ५, ६ र ७ को तल्लो क्षेत्रमा आयोजनामार्फत पानीको सुविधा पुगेको छ । यस आयोजनाबाट हाल दैनिक बिहान–साँझ तीन÷तीन घण्टा खानेपानी वितरण भइरहेको छ । पानी उपभोग गरेका आधारमा मिटर जाँच गरेर शुल्क लिने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?