काठमाडाैं । उपेन्द्र यादव पक्षले गरेको कारबाहीललाई बाबुराम भट्टराईले खारेज गरेका छन् ।
वीरगन्जमा भएको जसपाको केन्द्रीय समिति विस्तारित बैठकले बाबुराम भट्टराईसहित ९ जनालाई पार्टी हितविपरीत काम गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको थियो ।
बाबुरामकाे त्यसप्रति असन्तष्टि रहेकाे थायाे । उनले एक विज्ञप्ति नै जारी गर्दै यस विरुद्ध यादव पक्षको कारबाही खारेज गर्ने र पार्टी पुनर्गठनमा जुट्ने बताएका हुन् ।
बाबुराम भट्टराईले जारी गरेकाे विज्ञप्ति:
जसपा, नेपालमा लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, सांगठनिक र केन्द्रीय समिति अध्यक्षको स्वैच्छाचारी कार्यशैलीविरूद्धको बहस उत्कर्षमा पुग्दैगर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्ने तहसम्म पुगेको कुरा सबैलाई ज्ञात नै छ।
केन्द्रीय समितिको विस्तारित बैठक यही असार २८-२९ गते सम्पन्न भएको छ। संघीय परिषद अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको तथ्य सबैसामु छर्लंग छ।
उता उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९-३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वैच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा संघीय परिषद अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ। हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निर्णय खारेज गर्छौं।
यो परिस्थितिमा अब हाम्रोसामु पार्टी पुनर्गठनको विकल्प रहेन । तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनुभएका केन्द्रीय सदस्यहरू लगायत तहगत रूपमा सबै तहका नेता-कार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्छौं।
डा. बाबुराम भट्टराई
अध्यक्ष
संघीय परिषद्
जनता समाजवादी पार्टी, नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया