नवनियुक्त सात राजदूतहरुले लिए सपथ

लोकपथ
77
Shares
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । तपसिल क्र.सं. राजदूत मुलुक १. श्री तीर्थराज वाग्ले बहराइन २. श्री डोरनाथ अर्याल ओमान ३. श्री नवराज सुवेदी साउदी अरेविया ४. श्री वासुदेव मिश्र श्रीलंका ५. श्री भरतकुमार रेग्मी अष्ट्रिया तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि ६. श्री सुशिलकुमार लम्साल इजिप्ट ७. श्री घनश्याम भण्डारी बंगलादेश

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो ।

शपथ लिने राजदूतहरुमा तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), बासुदेव मिश्र (श्रीलङ्का), भरतकुमार रेग्मी (अष्ट्रिया) तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बङ्गलादेश) छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?