भक्तपुरमा शनिवार साइकलिङ च्यालेन्ज हुँदै, नेपाल इको प्यानलले सहयाेग गर्ने

लोकपथ
21
Shares

काठमाडौं । वातावरणमैत्री निर्माण सामाग्रीमा जोड दिँदै आएको नेपाल इको प्यानलले साइकलिङ च्यालेन्जलाई सहयोग गर्दै आएको छ । यसअन्तर्गत शनिबार भक्तपुरमा हुने ‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज २०२२’ मा सहयोग गर्ने भएको छ ।

च्यान्लेजको सस्टेनेविलिटी पार्टनर रहेर इको प्यानलले नेपालले सहयोग गर्ने भएको हो । साइकलिङ च्यालेन्ज शनिवार बिहान भक्तपुरको दरवार स्क्वायरबाट सुरु हुनेछ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवालले स्वच्छ वातावरणका लागि साइकल अभियानलाई अगाडि बढेको भएर आफूहरूले सहयोग गरेको बताए ।

प्रतियोगितामा भक्तपुरसहित काठमाडौं, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरानलगायतका सहरहरूबाट साइकलयात्री सहभागी रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?