ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ ऐजा बस्ने १५ वर्षीय लाकुमार शेर्पाको चट्याङ लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
सोही गाउँपालिका–२ मैखुस्थित मकै गोड्ने क्रममा वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी शान्थाक्रामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै चट्याङ लागेर घाइते भएका अन्य २ जनाको सोही स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया