विद्युत उत्पादन गृह भत्कियो, चौकीदारका श्रीमतीसहित दुई छोराको मृत्यु

लोकपथ
147
Shares

सुर्खेत । हुम्लाको हिमा गाउँपालिका– १ आचार्यलिहीमा विद्युत उत्पादन गृह भत्किएको छ । घटनामा विद्युत उत्पादन गृहका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो ।

भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भाँसिदा आज बिहान करिब साढे २ बजे ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावतको ज्यान गएको हो ।

प्रहरी चौकीका अनुसार राति बत्ती बन्द भएपछि हेर्न जाँदा यो घटना भएको खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?