गर्भपतनको अधिकार खोसिएको विरोधमा वासिंगटनमा विशाल प्रदर्शन

लोकपथ
56
Shares

काठमाडौं । सर्वोच्च अदालतले गत महिना गर्भपतनको अधिकार खोसिएको विरोधमा अमेरिकाको राजधानीमा वासिंगटन डीसीमा हजारौँ मानिसले प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले गर्भपतनको अधिकार उल्ट्याएको दुई सातापछि प्रदर्शन भएको हो ।

‘हामी फिर्ता जानेछैनौँ’ भन्ने नारा लगाउँदै प्रदर्शनकारीहरू जम्मा भएका थिए । प्रदर्शनकारीमध्ये केहीले आफूलाई बाहिर गेटमा बाँधेका थिए । प्रदर्शनमा अमेरिकाभरबाट आएका १० हजार जनाको सहभागीता रहेको आयोजकले जनाएको छ ।

प्रदर्शनमा भाग लिन करिब १,३०० माइल यात्रा गरी डलासका ३३ वर्षीया न्यायधिवक्त लरेन पियर्स पनि सहभागी थिइन् । शारीरिक स्वायत्तताको मौलिक अधिकारका लागि आफु त्यहाँ उपस्थिति भएको उनले बताइन् ।

पियर्सको गृह राज्य टेक्सास अमेरिकामा गर्भपतनलाई पहिले नै निषेध गरिएका १० राज्यहरूमध्ये एक हो । कम्तिमा एक दर्जन अन्य राज्यहरूले पनि गर्भपतनमा अकुंश लगाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?