रहेनन् जापानका पूर्व प्रधानमन्त्री सिन्जो

लोकपथ
392
Shares

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको शुक्रबार निधन भएको छ। आबेमाथि आज बिहान मात्रै आक्रमण भएको हो । सिन्जो आबे नारा सहरमा भाषण दिइरहेका बेला उनीमाथी बन्दुक आक्रमण भएको थियो ।

आक्रमणकारीले उनीमाथि पछाडिबाट दुईवटा गोली हानेपछि सिन्जो आबे भुइँमा लडेर उनको शरीरबाट रगत बगेको थियो ।

आबेले नारा सहरमा चुनावी र्‍यालीलाई सम्बोधन गरिरहँदा आक्रमण भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?