डिसेम्बरसम्म १ डलर बराबर ७३ भारु रहने

एजेन्सी : अमेरिकी डलरको तुलनामा कमजोर बन्दै गएको भारतीय मुद्रा भारु यो वर्षको डिसेम्बरसम्म १ अमेरिकी डलर बराबर ७३ रहने देखिएको विज्ञहरूले बताएका छन् ।

अमेरिकी डलरको तुलनामा उदीयमान बजारका मुद्राहरू कमजोर भइरहेको देखिएको छ ।

यस्तो रहे भारुको अवस्था डिसेम्बरसम्म ७३ रहनेछ । यो वर्षको सबैभन्दा कमजोर अवस्था भारुको ७३ रहनेछ ।

केहीले भने भारु यो वर्षको अन्त्यसम्म ७४सम्म जान सक्ने आंशका गरेका छन् ।

भारतको जीडीपी ८.२ प्रतिशतले जुनको त्रैमासिकमा देखिएको बेला भारतीय मुद्रा कमजोर हुन गएको हो ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब १० प्रतिशतले बढेको छ । 

अर्जेन्टिना र टर्कीमा मुद्रा ध्वस्त भएको अवस्थाले विश्वलाई चिन्तित तुल्याएको छ ।

यसका साथै चीन अमेरिकाबीच व्यापार युद्ध बढ्दै गइरहेको छ । 

अर्जेन्टिनाको पेसो र टर्कीको लिरा अमेरिकी डलरको तुलनामा क्रमशः ५२ र ४२ प्रतिशतले यो वर्ष अवमूल्यन भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?