अन्तर्घात गरेको भन्दै जसपाका २ प्रदेश सांसद निष्काशित

लोकपथ
0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसदसहित २ जनालाई निष्काशन गरेको छ ।

जिल्ला कार्यसम्पादन समिति महोत्तरीले प्रदेश सांसद कौशलकुमार यादव र संघीय शिक्षक फोरम महोत्तरीका अध्यक्ष कौशलकुमार यादवलाई साधारण सदस्यतसमेत नहुने गरी निष्काशन गरेको हो ।

‘गत ३० वैशाखको स्थानिय तहको निर्वाचनमा पार्टीका जिम्मेवार ब्यक्तिहरुले गरेको क्रियाकलाप माथी कार्यसम्पादन समितिको निर्णयबाट पार्टीको अन्तरिम विधान–२०७७ को परिच्छेद–३ सदस्यता सम्बन्धि व्यवस्था धारा १० को बुदाँ २ र परिच्छेद–८ को अनुशासनको कार्यवाहीको धारा ४९ को बुदाँ १, २, ३, र ६ आकृष्ट भएको हुदाँ आजैको मितिवाट साधारण सदस्यतावाट समेत निष्काशन गरेको व्योहोरा जानकारीका साथ अनुरोध छ’ जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महोत्तरी–४ (क) बाट प्रदेश सांसद रहेका यादवले स्थानिय तहको निर्वाचनमा आफनै पार्टीका उम्मेदवारहरुलाई हराउन लागेको तथा विपक्षी दलका नेताहरुलाई सहयोग गरेको आरोप लाग्दै आएको बेला उनलाई निष्काशन गरेको हो । स्थानिय तह निर्वाचनमा अन्तर्घात गरेको भनेर निष्काशनमा पर्ने यादव पहिलो र एक्ला सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?