आगामी निर्वाचनमा ईश्वर पोखरेललाई टक्कर दिने सुरमा रञ्जु दर्शना

लोकपथ
21
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार घोषणा गरेकी दर्शनाले शुक्रबार राती काठमाडौं–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।

‘तपाईहरूले विभिन्न माध्यम बाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ,’ शुक्रबार राती गरेको घोषणामा भनेकी छिन्, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु ।’

विवेकशील नेपाली दल हुदै विवेकशील साझा पार्टीमा आवद्ध उनी केही पार्टीबाट राजीनामा दिएर हाल स्वतन्त्र हैसियतमा रहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?