वामदेव गौतमले बोलाए पत्रकार सम्मेलन, नयाँ दल घोषणा गर्ने

लोकपथ
693
Shares

काठमाडौं । एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै वाम एकतालाई जोड दिँदै आएका वामदेव गौतमले नयाँ दल घोषणा गर्ने भएका छन् ।

आज पत्रकार सम्मेलन गरि नयाँ दल घोषणा गर्न लागेको प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले जानकारी दिए ।

नयाँ दल घोषणा गरेर गौतमले कम्युनिष्ट एकतालाई जोड दिने बताइएको छ ।

तत्कालिन नेकपाको पार्टी एकता विभाजनपछि एमालेमै रहेर एकता अभियान चलाउँदै आइरहेका थिए गौतम । आज सोही अभियानलाई पार्टीको रुपमा घोषणा गरि कम्युनिष्ट एकतालाई जोड दिने पाण्डेले बताए ।

नयाँ दलमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने निर्णय भएको पाण्डेको भनाइ रहेको छ ।

पत्रकार सम्मेलन दिउँसो ३ बजे रिपोर्टस् क्लब नेपालमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?