काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले पदभार ग्रहण गरेका छन् ।
सोमबार शपथ ग्रहणसँगै मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री खापुङले ग्लोबल फण्डको रकम सिधै स्वास्थ्य मन्त्रालय मातहत आउने गरेको तयारीमा हस्ताक्षर गरेका छन् ।
त्यस्तै दुरदराजमा रोग पहिचान गर्न कठिनाइ रहेको र उपचार नहुने अवस्था अन्त्य गर्न गाउँगाउँमा स्वास्थ्य शिविर लैजाने बताए । साथै क्यान्सर, मुटुरोग र मृर्गौला जस्ता रोगहरुको उपचारमा विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि राज्यमन्त्री रहेका खापुङलाई आइतबार स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया