काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री मेटमणी चौधरीले आफूले पाएको जिम्मेवारीमा इमान्दारिताका साथ भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार दिउँसो पदभार ग्रहण गर्ने क्रममा बोल्दै नवनियुक्त मन्त्री चौधरीले आफूले योग्यताले भ्याएसम्म काम गर्ने बताए ।
सञ्चारकर्मीहरुलाई जवाफ दिँदै मन्त्री चौधरीले मन्त्रीको कुर्सीलाई देखाएर त्यसको दुरुपयोग नगर्ने समेत बताए । साथै आफूले गलत गर्दा त्यसमा खबरदारी गर्नका लागि सञ्चारकर्मीहरुलाई आग्रह समेत गरे ।
‘मैले यो पदमा रहँदैगर्दा धेरै इमान्दारीताका साथ मेरो योग्यता मेरो क्षमता मेरो दृष्ट्रिकोण अथवा म सँग जे छ यसको आधारमा म अगाडि बढ्छु ।’उनले भने, ‘र यो कुर्सीलाई देखाएर यसको दुरुपयोग गर्ने हुन्छनी म यस कुरालाई सोच्न पनि सक्दिन । त्यसैले बरु खबरदारी गर्ने कुरामा पत्रकार साथीहरुले एकदमै ध्यान दिनुहुने भन्ने आशा गरेको छु ।’
त्यस्तै आफूले यसअघिका कामहरुलाई निरन्तरता दिने बताउँदै काम शून्यबाट भन्दा पनि अघिका कामलाई जोड दिएर अघि बढ्ने बताए ।
आइतबार मन्त्रीमा नियुक्त भएसँगै आज राष्ट्रपति समक्ष शपथ ग्रहण गरेका थिए । यसअघि उनकै दल एकीकृत समाजवादीबाट शहरीविकासमन्त्रीको जिम्मेवारी पाएकी झाँक्रीले आइतबार मन्त्री पदबाट राजीनामा दिएसँगै चौधरीलाई मन्त्रीमा नियुक्त गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया