काठमाडौं । रामकुमारी झाँक्री र प्रेम आलेले आ-आफ्नाे पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गरेका छन् ।
नेकपा एकीकृत समाजवादीको सिफारिस बमोजिम नै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरू हेरफेर गरेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार चार जना मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका छन् ।
जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् भने हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया