प्रेस युनियनको नवौँ महाधिवेशन हेटौँडामा गर्ने तय

लोकपथ
14
Shares

काठमाडौं । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन हेटौँडामा हुने भएको छ ।

आगामी साउन ६ र ७ गते हुने गरि मिति तोकिएको महाधिवेशन बागमती प्रदेशको राजधानी हेटौँडामा हुन लागेको हो ।

कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको प्रेस युनियनको महाधिवेशनको सम्बन्धमा यसअघि देखिएका केही विवादहरु समाधान भएपछि मिति र स्थान तोकिएको हो । यसअघि युनियनका दुई समूहले नै महाधिवेशनको अलग अलग मिति तोकेकोमा दुवै पक्षहरु सहमतिमा आएसँगै महाधिवेशन हुन लगोको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको उपस्थितीमा बसेको युनियनको केन्द्रीय सचिवालय, पूर्व अध्यक्षहरु र पत्रकारहरुको बैठकको निर्णय अनुसार आगामी साउन ६ र ७ गते महाधिवेशन हुन लागेको हो ।

त्यससँगै आगागी साउनमा हुने महाधिवेशनका लागि असार २० गतेसम्ममा मतदाता नामावली निर्वाचन समितिलाई उपलब्ध गराउन समेत आग्रह गरिएको छ ।

युनियनको आठौँ महाधिवेशन २०७१ सालमा भएको थियो । जसबाट बद्री सिग्देल नेतृत्वमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?