काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट २ः३० घण्टा बन्द हुने भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्सटेक) सम्मेलनका लागि विमानस्थल अढाई घण्टा बन्द हुन लागेको हो ।
बिम्सटेक सम्मेलनका लागि सात देशका राष्ट्रका राष्ट्राध्यक्ष आउँदा विमानस्थलका अरु नियमित उडान बन्द हुनेछ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार बिहीबार विहान ८ बजेदेखि १ः३० बजेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द हुने भएको हो ।
महाप्रवन्धक श्रेत्रीका अनुसार बिहीबार बिहान ८ बजेदेखि १०ः३० बजेसम्म सञ्चालन हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय कम्पनीलाई हामीले आइतबार अढाई घण्टाको लागि अवतरण निषेध गर्नका लागि नोट्याम (नोटिस र्टू एयरम्यान)का लागि पत्राचार गरेका छौँ, उनले भने ।
बुधबार श्रीलङ्काका राष्ट्रपति मैत्रिपाल श्रीसेना र भुटानका प्रधान न्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक नेपाल आउने छन् ।
त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान सम्मेलन उद्घाटनका दिन भदौ १४ मा काठमाडौं आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया