प्रधानमन्त्रीले गृहसँग मागे २४ घण्टे स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयसँग स्पष्टीकरण मागेका छन् । 

पूर्व लडाकू लेनिन विष्टलाई विमानस्थलबाटै फर्काएको घटनाबारे प्रधानमन्त्रीले २४ घन्टाभित्र लिखित स्पष्टीकरण सोधेका हुन् । 

सोमबार विहान सम्पादकहरुसँग भएको भेटमा प्रधानमन्त्री ओलीले हिँडहुल गर्न पाउने वैयत्तिक स्वतन्त्रता हनन् भएकोप्रति आफ्नो ध्यान गएको बताएका छन् ।

विष्ट एक कार्यक्रममा सहभागि हुन थाइल्याण्डमा प्रस्थान गर्दै थिए ।  तर उनलाई विमानस्थलबाटै फर्काइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?