काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले नयाँ पार्टी खोल्नेबारे कुनै योजना नरहेको स्पष्ट पारेकी छिन् ।
उनले नयाँ पार्टीहरुको लहर चलिरहँदा छुट्टै ‘वुमन्स’ पार्टी खोल्न लागेको चर्चा भएको थियो । उनको पार्टी एकीकृत समाजवादीमा किचलो बढ्दै जाँदा त्यसबारे असन्तुष्ट रहेकी झाँक्रीले नयाँ पार्टी खोल्न लागेको भन्दै चर्चा चलेको थियो ।
सामाजिक सञ्जालमा लेख्दै नेतृ झाँक्रीले आफूले महिलाहरुको प्रतिनिधित्व गर्ने पार्टीहरुबारे खोज गरेको तर त्यससँग कुनै पनि योजना नरहेको बताइन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्, ‘ केही दिन अघि रवीजीले नेपाल स्वतन्त्र पार्टी नाम राखेर पार्टी खोलेपछि स्वतन्त्र शब्द राखेर पार्टी बनाउन नहुने भन्ने बहस चलिरहेको छ। नाम, प्रगतिशील सिद्धान्त र कार्यक्रम भएका पार्टीहरूको नामको लिष्ट बनाएर गुगल सर्च गरें अनि यो तलको पार्टीको नाम भेटें, सिद्धान्त पढेपछि मलाई मन पर्यो सार्वजनिक बहस गरौ न भन्ने ठानेर रूची हुने साथिहरूको लागि पोष्ट गरेको हुँ । यो पोष्टसंग मेरो कुनै योजना जोडिएको विषय भने होईन।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया