माधव नेपालको दाबी : ‘हामीले यो देशलाई अस्थिर राजनीतिबाट जोगायौँ’

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले नेकपा एमालेबाट विद्रोह गरेर देशको अस्थिर राजनीतिक अवस्थाबाट जोगाएको दाबी गरेका छन् ।

आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकपछि बोल्दै उनले यदि पार्टी फुटाएर अलग्गै नभएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुन सक्ने अवस्था आइसकेको बताए । जसको कारण आफूहरुले विद्रोह गरेर देश र नेपाली जनताको लागि ठिक काम गरेको दाबी गरे ।

अध्यक्ष नेपालले प्रतिनिधिसधा र प्रदेशसभा निर्वाचनको लागि तयारीमा लाग्न पनि निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?