निर्मला हत्याकाण्ड : प्रहरीको चासो असामान्य व्यक्तिमा

काठमाडाैं-कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा प्रहरी सुरुदेखि नै सामाजिक प्रतिष्ठा र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूको पछि लागेको छ । प्रहरीले भनेजस्तै भोलि दिलीपसिंह विष्ट नै दोषी ठहरिन सक्छन्, तर यसअघि पनि प्रहरीले यस्तै दुईजनालाई नियन्त्रणमा लिएको थियो । अाजकाे नयाँ पत्रिका दैनिकले  खबर छापेकाे छ ।

घटनाको तेस्रो दिन अर्थात् १३ साउनमा डिएसपी अंगुर जिसीको नेतृत्वमा काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पुगेको थियोे । त्यसअघि नै ११ साउनमा कैलालीका जीवन घर्तीमगर र कञ्चनपुरका दीपक नेगी पक्राउ परेका थिए ।

डिएसपी जिसीका अनुसार दीपक गम्भीर प्रकृतिका यौनरोगी थिए भने जीवनको मानसिक सन्तुलन असामान्य थियो । जीवनले त निर्मलाको हत्या आफूले नै गरेको दाबी गरेका थिए । उनले प्रहरीलाई बयान दिएका थिए, ‘मैले खुकुरीले हानेर निर्मलाको हत्या गरेको हुँ ।’ जब कि पोस्टमार्टम प्रतिवेदनअनुसार निर्मलाको हत्या घाँटी निमोठेर भएको थियो । तर, यस्तो फितलो अनुुसन्धानका आधारमा गृहमन्त्री रामबहादुर थापा बादलले १७ साउनमा संसद्मा बोले, ‘बलात्कार र हत्यामा संलग्न दुईजनालाई पक्राउ गरिएको छ । पीडितलाई न्याय दिलाउन सरकारले कुनै कसर बाँकी राख्नेछैन ।’ तर, गृहमन्त्रीले संसद्मा बोल्दा–नबोल्दै जीवन र दीपक हिरासतबाट छुटिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?