काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक १९ गतेका लागि सरेको छ । यसअघि असार १५ मा बैठक तोकिएको थियाे ।
सरेकाे उक्त बैठक १९ गते बिहान ११ बजे प्रज्ञा भवनमा बस्ने भएकाे छ । असार १५ धान दिवस भएको र खेतपाती गर्ने मुख्य समयमा बैठक राख्न उपयुक्त नहुने भन्दै बैठक सारिएको सचिवालयले जनाएकाे छ ।
यसअघि स्थानीय चुनाव सकिएलगत्तै २० जेठमा बैठक बस्ने भनिएको थियो । तर माओवादीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले १० असारमा बजेट पेश गर्नु पर्ने भएकाले बैठक उचित नहुने भन्दै सारिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया