घुस प्रकरणको अडियो काण्डमा मुछिएपछि न्यायाधीश कोइरालाको कार्यसम्पादनमा रोक

लोकपथ
105
Shares

काठमाडौं । सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङको मुद्दामा १० करोडको बारगेनिङ गरेको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको कार्यसम्पादनमा रोकिएको छ ।

बुधबार बसेको न्यायपरिषद्को बैठकले उनीमाथि छानबिन प्रक्रिया नहुँदासम्म कुनै पनि कार्यसम्पादन नपाउने भन्दै कार्यसम्पादनमा रोक लगाएको हो ।

मंगलबार न्यूज २४ टेलिभिजनमा अधिवक्ता रुद्रप्रसाद मैनालीसँग आर्थिक लेनदेनका विषयमा भएको अडियो सार्वजनिक भएसँगै न्यायपरिषद्को बैठक बोलाइएको थियो । बैठकले छानबिनका लागि तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?