रवी लामिछानेप्रति एमाले महासचिवको टिप्पणी : ‘राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ’

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी घोषणा गरेका रवी यतिबेला विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ ।

पूर्वसञ्चारकर्मी रही चर्चा कमाएका लामिछानेले मंगलबार नयाँ दल खोलेसँगै विभिन्न कोणबाट चर्चा परिचर्चा भइरहेको छ ।

सो क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चत पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको भन्दै टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता पोखरेलले राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनुपर्ने समेत बताएका छन् ।

उनले भनेका छन, ‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चितहुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्यहुन त्यसमै समर्पित हुनु पर्दछ ।’

मंगलबार उनले पार्टी दर्ता गराएसँगै कतिपयले त्यसलाई राम्रो सुरुवात भएको बताएका छन् भने कतिपयले भने लामिछानेले सञ्चारकर्ममा जस्तो चर्चा कमाउन नसक्ने टिप्पणी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?