वासिंगटन डीसीमा गोली चल्दा एक जनाको मृत्यु

लोकपथ
70
Shares

काठमाडौं । अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका छन् ।

गोली लागेकामध्ये एक किशोरको मृत्यु भएको बताइएको छ । ‘दुई वयस्क र एक किशोरमाथि गोली हानिएको थियो । त्यस्तै, एक प्रहरी अधिकारीलाई पनि गोली हानिएको थियो’, महानगरीय प्रहरी विभाग प्रमुख रोबर्ट जे कोन्टीले भने ।

गोली लागेर घाइते भएका प्रहरी अधिकारी र अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । घाइते किशोरको भने मृत्यु भएको प्रहरीले जनाएको छ । वासिंगटन डीसीको संस्कृति प्रवर्द्धन गर्ने पर्व मोचेलाको समयमा गोलीबारी भएको थियो ।

अमेरिकामा पछिल्लो समयमा बारम्बार बन्दुक हमला भएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?