काठमाडौं । फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो दुतेर्तेकी जेठी छोरी सारा दुतेर्तेले उपराष्ट्रपतिको सपथ लिएकी छन् ।
सारा दुतेर्तेले डाभाओमा आयोजित एक समारोहमा फिलिपिन्सलाई एकताबद्ध गर्ने वाचा गरिन । यसअघि ४४ वर्षीया सारा सोही सहरको मेयर बनेकी थिइन् ।
निवर्तमान राष्ट्रपति रोड्रिगा पनि सोही सहरको मेयर बनेका थिए । केही साताअघि भएको निर्वाचनमा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपति र सारा दुतेर्ते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया