एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा शनिबार बिहान दुई वटा शक्तिशाली बिस्फोट भएका छन् । विष्फोट गुरुद्वारा नजिकै भएको थियो । बम विष्फोटमा जरी अहिलेसम्म २ जनाको मृत्यु भएकाे स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
काबुलको कार्ते परवान क्षेत्रमा रहेको गुरुद्वारा नजिकैको व्यस्त सडकमा विस्फोट भएको हो । यो क्षेत्र घना जनसंख्या भएको र धेरै मानिसको मृत्यु हुने आशंका गरिएको छ ।
उक्त क्षेत्रमा धेरै बन्दुकको आवाजसमेत सुनिएको विवरणहरुमा जनाइएको छ । विस्फोटको समयमा गुरुद्वारामा धेरै भक्तहरू थिए । विस्फोटबाट भएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ ।
‘काबुल सहरको कार्ते परवान क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो । यस घटनाको प्रकृति र हताहतीको विवरण सार्वजनिक हुन बाँकी छ ’ अफगानिस्तानको टोलो न्यूजले ट्वीट गरेको छ ।
गत १५ अगस्टमा तालिबानको सत्तारोहणपछि पनि अफगानिस्तानमा हिंसात्मक घटनामा कमी आएका छैनन् । दोस्रो पटक सत्तामा पुगेपछि तालिबानले महिलाहरुका हक अधिकार कटौती भएका छन् । अधिकार कटौती भएको भन्दै महिलाहरुले राजधानी काबुललगायतका सडकमा विरोध प्रदर्शन गर्दै आएका छन् ।
#WATCH | Explosions heard in Karte Parwan area of Kabul city in Afghanistan.
(Video Source: Locals) pic.twitter.com/jsiv2wVGe8
— ANI (@ANI) June 18, 2022
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया