काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्द बन्दी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।
शुक्रबार अपरान्ह ओलीलाई भेट्न खाँण र बन्दी ओली निवास बालकोट पुगेका हुन् । संसदमा विचाराधीन विद्येयकहरुको विषयमा छलफल गर्न मन्त्रीहरु बालकोट पुगेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवाको तर्फबाट प्रतिनिधित्व गर्दै पुगेका मन्त्रीद्वयले संक्रमणकालीन न्याय सम्बन्धी कतिपय विषयमा छलफल गर्ने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया