बेलायतले विकिलक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका पठाउने

लोकपथ
98
Shares
LONDON, ENGLAND – MAY 19: Julian Assange speaks to the media from the balcony of the Embassy Of Ecuador on May 19, 2017 in London, England. Julian Assange, founder of the Wikileaks website that published US Government secrets, has been wanted in Sweden on charges of rape since 2012. He sought asylum in the Ecuadorian Embassy in London and today police have said he will still face arrest if he leaves. (Photo by Jack Taylor/Getty Images)

काठमाडौं । विकिलक्सका संस्थापक जुलियन असान्जलाई बेलायत अमेरिका पठाउने भएको छ।

शुक्रबार असान्जलाई अमेरिका सुपुर्दुगी गर्ने आदेशमा बेलायतकी गृह मन्त्री प्रिती पटेलले हस्ताक्षर गरेको बिबिसीले जनाएको छ।

बेलायत सरकारको उक्त निर्णयविरूद्ध असान्ज पुनरावेदन गर्न सक्नेछन्। त्यसका लागि उनलाई १४ दिन समय दिइएको छ।

सन् २०१० र २०११ मा सरकारका गोप्य कागजात सार्वजनिक गरेका असान्जलाई अमेरिकाले वान्टेडको सूचीमा राखेको छ।

उनलाई अहिले बेलायतको कारागारमा राखिएको छ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?