साउदी अधिकारीले इन्द्रेणी रङका खेलौना किन जफत गर्दैछन् ?

लोकपथ
371
Shares

काठमाडौं । समलैंगिकताविरुद्धको कदमको एक अंशको रूपमा साउदी अरेबियाका अधिकारीहरूले राजधानीका पसलहरूबाट इन्द्रेणी रङका खेलौना र कपडाहरू नियन्त्रणमा लिइरहेका छन् ।

राज्य सञ्चालित अल–अरेविया समाचारस्टेसनको रिपोर्टअनुसार इन्द्रेणी रंगको रिबन, स्कर्ट, क्याप र पेन्सिल झोलाहरू समावेश छन् । अधिकांश साना बच्चाहरूको लागि डिजाइन गरिएको बताइएको छ ।

अभियानमा संलग्न वाणिज्य मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले युवा पुस्तालाई लक्षित गर्दै इस्लामिक आस्था र सार्वजनिक नैतिकताविपरीत र समलैंगिकतालाई बढावा दिने वस्तुहरूलाई हटाएका छौँ । ’

इन्द्रेणी झण्डातर्फ इशारा गर्दै एक पत्रकार भन्छन्, ‘रियादको एउटा बजारमा समलैंगिकता झण्डा छ ।’ रंगले बच्चाहरूलाई ‘विषाक्त सन्देश’ पठाउँछ, रिपोर्टमा भनिएको छ । इस्लामिक सरिया कानुनको व्याख्याका लागि कुख्यात साउदी अरबमा समलैंगिकतालाई अपराध मानिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?