एन्डिसेह सहरमा वर्थ डे पार्टी मनाउँदा आगलागी, ८ जनाको मृत्यु

लोकपथ
63
Shares

काठमाडौं । तेहरानबाहिर जन्मदिनको भोज आयोजना गर्ने एउटा भूमिगत रेस्टुरेन्टमा आगलागी हुँदा धुवाँको मुस्लोबाट आठ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जना बालबालिका रहेका सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

राजधानीको पश्चिममा रहेको एन्डिसेह सहरमा मंगलबार साँझ आगलागी भएको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ । तेहरान प्रान्त रेड क्रिसेन्टका अधिकारी शाहिन फाथीले भने, ‘सात जनाको घटनास्थलमा र एक तीन वर्षीय बालकको अस्पतालमा मृत्यु भएको छ। ’

काउन्टी अभियोजक हमिद असगरीले आगो रेस्टुरेन्टमा तीब्र फैलिएको बताए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?