१ अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अन्तर्गत आफ्ना सैनिक नेपालमा भित्र्याउने मस्यौदा पठाएसँगै नेपालमा तरङ्ग, उच्च भू–भागमा संयुक्त प्रशिक्षण गर्नेसम्मका सर्त, सांसदहरूको विरोध।
२ लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला कुमारी वलीले गरिन् प्रेमीको श्रीमती र छोरीमाथि कुटपिट, कारबाहीको माग गर्दै स्थानीयले दिए प्रहरीसमक्ष उजुरी, वली प्रहरी नियन्त्रणमा।
३ नेपाली भू–भाग डुबानमा पर्नेगरी सीमा क्षेत्रमा भौतिक संरचना नबनाउन भारतलाई नेपाल सरकारको आग्रह, वर्तमान सरकार बनेपछि अन्तर्राष्ट्रिय सम्बन्ध थप विस्तार भएको परराष्ट्र मन्त्री खड्काको दाबी।
४ अर्थमन्त्री शर्मामाथि गम्भीर प्रश्न उठेको भन्दै एमालेले माग्यो राजीनामा, अर्थमन्त्रीको जवाफमा भाग नलिने भन्दै कार्यसूचीबाट हटाउन माग।
५ मलको समस्या दीर्घकालीन रूपमा समाधान गर्न छुट्टै निकाय स्थापना गर्नुपर्ने कृषिमन्त्री महेन्द्रराय यादवको भनाइ, यसै वर्षबाट किसानलाई पेन्सन दिइने। प्रतिबद्धता
६ अब जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइने, गैरकृषि क्षेत्रमा वर्गीकरण गरेर मात्रै पास हुने व्यवस्था।
७ बजेट निर्माणमा जिम्मेवार पदाधिकारीहरूबाहेक अरु कसैको सहभागिता नभएको अर्थ मन्त्रालयको प्रस्टोक्ति, अर्थमन्त्री शर्माको विषयमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण।
८ कर्मचारी चुनावमा जानैपर्ने बाध्यताले पुस्तक छपाइमा ढिलाइ भएको भन्दै शिक्षामन्त्रीले गरे जनक शिक्षाको बचाउ, बालविकास शिक्षकको तलब दुई हजारले वृद्धि।
९ अमेरिकाले प्रस्ताव गरेको १० बुँदाबारे सदनलाई जानकारी गराउन प्रेम सुवालको माग, नेपालमा अमेरिकी सेना भित्र्याउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेत लागेको आरोप।
१० प्रधानमन्त्रीले त्रिचन्द्र क्याम्पसलाई बिर्सिएको भन्दै पुनर्निर्माणको मागसहित विद्यार्थी आन्दोलित, क्याम्पसको पुनर्निर्माणको माग गर्दै सडकमै पढेर विरोध।
११ सेयर बजार १८ महिनायताकै न्यून बिन्दुमा, ३६ अंकले घट्यो नेप्से, परिसूचक २ हजारबाट ओर्लियो।
१२ बुर्किना फासोमा बन्दुकधारीहरूद्वारा ५६ सर्वसाधारणको हत्या, विद्रोहीविरुद्धको लडाइँमा एकताबद्ध हुन नागरिकलाई सरकारको आग्रह।
१३ लस एन्जलसको एक पार्टीमा अन्धाधुन्ध गोली चल्दा ३ जनाको मृत्यु चार जना घाइते, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर, घटनाबारे अनुसन्धान हुँदै।
१४ आसन्न एन्फा निर्वाचनमा ९ भोटका लागि परेको अपिलमध्ये तीन मतदाताले फिर्ता पाए मताधिकार, निर्वाचन समितिले बदर गरेका तीनै मत कर्माछिरिङ शेर्पा पक्षका।
१५ नेपाल सुपर लिग (एनएसएल) भदौ २५ देखि आयोजना गर्न एन्फाले दियो अनुमति, एनएसएलमा यस पटक १० टिमले प्रतिस्पर्धा गर्ने।
https://www.facebook.com/lokpath/videos/602145717665743
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया