विद्यार्थीलाई विद्युतीय चुलाे उपलब्ध गराउन माग गर्दै नेविसंघले बुझायो ज्ञापनपत्र

लोकपथ
7
Shares

काठमाडौं । सत्ताघटक प्रमुख दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अध्ययनका लागि काठमाडौं रहेका विद्यार्थीहरुलाई पनि सहुलियतमा विद्युतीय चुलाे उपलब्ध गराउन माग गरेको छ ।

मंगलबार नेविसंघ केन्द्रीय कमिटीले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्राविधिक निर्देशक डा. नारायणप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीलाई सहुलियतमा चुलाे उपलब्ध गराउन माग गरेको हो ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्राविधिक निर्देशक अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै देशका विभिन्न स्थानबाट काठमाडौं आइ बसेका विद्यार्थीहरुलाई सहजता प्रदान गर्न विद्यतीय चुलाे उपलब्ध गराउन माग गरेका हुन् ।

आवश्यकताको सिद्धान्तअनुसार सम्पूर्ण विद्यार्थीलाई सहुलियतमा विद्युतीय चुलो उपलब्ध गराउनुपर्ने शेर्पाको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?