काठमाडौं । लस एन्जलसको एउटा पार्टीमा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको र चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । आक्रमणको उदेश्य प्रष्ट छैन् । शंकास्पदका बारेमा प्रहरीले कुनै सूचना सार्वजनिक गरेको छैन् ।
घाइतेमध्ये कम्तीमा एक जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । गोलीकान्डमा मारिनेमा २७ वर्षीय ड्यानियल डुनबार र २५ वर्षीइ र्यान्डी टाइसन छन् । गोलीकान्डमा मारिएका तेस्रा व्यक्तिको पहिचान हुन बाँकी छ ।
बन्दुक नियन्त्रणसम्बन्धी कानुनको माग गर्दै अमेरिकी सहरहरूमा प्रदर्शन भइरहेका बेला पछिल्लो गोलीकान्ड सार्वजनिक भएको हो ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया