आगामी असार १५ गते माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारी चयन गर्ने संकेत

लोकपथ
63
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने संकेत गरेका छन् ।

पार्टी संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता गुरुङले पार्टी पदाधिकारीको चयन आवश्यताअनुसार केन्द्रीय कमिटी बैठक बसेर उपयुक्त समयमा निर्णय लिने विषय भएको पनि बताए । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले पदाधिकारी नियुक्ती कहिले हुन्छ ? भनि प्रश्न गरेको थिए । आगामी असार १५ गते बस्ने बैठकले त्यसबारे आवश्यक निर्णय लिन सक्ने उनको जवाफ थियो ।

नेता गुरुङले पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग गरेको भेटलाई स्वाभाविकै रुपमा लिइएको प्रतिक्रिया दिए । उनले राष्ट्रिय स्वाधिनताको सवालमा निकट रहेको पार्टीसँग आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गरेर जान सकिने धारणा राखे ।

विगतमा संसद विघटन गरेर प्रतिगमनतिर एमाले गएकाले आफ्नो पार्टीले काँग्रेससँग सहकार्य गरेर स्थानीय तह निर्वाचनमा जानु परेको नेता गुरुङले दोहोर्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?