काठमाडौं । तारकेश्वर नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूले नगरप्रमुख कृष्णहरि महर्जनलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।
तारकेश्वर नगरपालिकामा नयाँ नगरप्रमुख आएपछि भइरहेका गतिविधि र घटनाक्रमलाई लिएर कर्मचारीहरु सशंकित भएपछि त्रासमुक्त वातावरणमा काम गर्न पाउनुपर्ने माग राखी स्थायी कर्मचारीहरुले नगरप्रमुख कृष्णहरि महर्जनलाई ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्रमा यही जेठ २६ गते भूमि व्यवस्थापन शाखा प्रमुख चेतबहादुर सिंहलाई नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको थियो । सामान्य कमीकमजोरी गरेकोमा सिधै फिर्ता गर्ने काम भएकोमा कर्मचारीहरुले आपत्ति प्रकट गरेका छन् ।
सेवाग्राहीहरुले नगरप्रमुखको कार्यकक्षमा नै धम्क्याउने, थर्काउने र तर्साउनेजस्ता क्रियाकलाप हुँदा पनि प्रमुखले केही नबोली कर्मचारीहरुको अभिभावकत्व नलिँदा त्रासयुक्त वातावरण सृजना भएको ज्ञापन पत्रमा लेखिएको छ ।
त्यस्तै, नगरप्रमुखले एक कार्यक्रममा बोलेको भिडियोमा नगरपालिकामा ढिलासुस्ती काम हुनुमा फाइलको प्रत्येक पानामा हजारको नोट हुँदारहेछन् भनेर बोलेको कुरालाई नगरवासीहरुमा कर्मचारी र कार्यालयप्रति नकारात्मक असर परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ भने करारका कर्मचारी हटाउने हल्लाले करारमा जागीर खाई बाँच्ने आधार भएका कर्मचारीहरुमा समस्या पैदा हुने भएकाले घनीभूत छलफल गरेर मात्र उचित निर्णय लिन नगरप्रमुखलाई कर्मचारीहरुले अनुरोध गरेका छन् ।
यस्तो छ ज्ञापन पत्र :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया