काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चा (आखेटोपहार) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् ।
कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा शंकास्पद रुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त कछुवाको बच्चाहरूसहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूले प्रयोग गरेको बा.९९ प ४९४४ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल समेत बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया