मेयर बालेनले गरे मानवसेवा आश्रम अवलोकन

लोकपथ
287
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले मानवसेवा आश्रमको मुख्य कार्यालय, हेटौंडाको अवलोकन गरेका गरेका छन् ।

सोमबार र मंगलबार बागमती प्रदेश सरकारले आयाेजना गरेकाे प्रदेशभित्र रहेका सम्पूर्ण स्थानीय तहका प्रमुख र उपप्रमुखलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रममा हेटौंडा गएको समयमा शाह र डंगोलले संयुक्तरूपमा आश्रमको अवलोकन गरेका हुन् ।

यस क्रममा मानवसेवा आश्रमका प्रमुख संस्थापकर केन्द्रीय अध्यक्ष रामजी अधिकारीले संस्थाले हालसम्म देशभरमा गरिरहेको कार्य, काठमाडौं महानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माणका लागि गरिएका प्रयासहरू र आगामी योजनाहरूमा बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?